धरावासीलाई अमेरिकामा पुरस्कार

२०७४ पौष १९ बुधबार १४:३५:०० मा प्रकाशित

काठमाडौं,१९ पुस । चर्चित लेखक तथा साहित्यकार कृष्ण धराबासी अमेरिकामा अन्तर्राष्ट्रिय भाषा साहित्य पुरष्कारबाट सम्मानित हुनेभएका छन्। 
धरावासीलाई अमेरिकाका लागी नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले वाशिंगटन डिसीमा डेढ लाख राशीको अन्तर्राष्ट्रिय भाषा साहित्य पुरष्कारबाट सम्मान गर्ने कार्यक्रम रहेको थाहा भएको छ।

उक्त समारोहमा विभिन्न साहित्य विधाका लागि ५ वटा अन्तर्राष्ट्रिय पुरस्कारसहित नेपाली भाषा साहित्यका कुल जम्मा १९ वटा पुरस्कार वितरण गरिदैछ। यसजमध्ये सबै भन्दा ठूलो राशीको पुरष्कार उपन्यासकार तथा साहित्कार धराबासीलाई प्राधान गरिन लागेको हो।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले स्थापना गरेको पुरष्कार यही जनवरी ६ मा आयोजना हुने एक समारोहमा धरावासीलाई प्रदान गरिने छ।  

अमेरिकाको विभिन्न राज्यहरु भर्जिनिया, म्यारिल्याण्ड, वाशिंगटन डिसी, नर्थ क्यारोलिना, पेन्सिल्भानिया, न्युजर्सी, न्युयोर्क, कनेक्टीकट, मासाच्युट्स, न्युह्याम्प्सायेर, कोलोराडो, टेक्सास, क्यालिफोर्निया , क्यानाडा, नेपाल र जापान देखी नेपाली साहित्यकारहरु पुरस्कार समारोहमा सहभागी हुने आयोजक तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष पदम विश्वकर्माले जानकारी दिएका छन्।

चर्चित निवन्धकार धरावासीले यो पुरस्कार प्रदान गरिन लागेको थाहा पाएर आफूलाई खुशी लागेको बताए। मदन पुरस्कार लगायत दर्जनौं पुरस्कारबाट सम्मानित भैसकेका धरावासीले सरकारी सेवाबाट अवकाश लिएपछि पनि आफ्नो लेखनलाई अझ तिव्र बनाएका छन्। 

ताजा खबर