विश्वकप एसिया छनोटबाट नेपाल बाहिरियो

२०७९ जेठ २४ मंगलबार १६:२४:०० मा प्रकाशित

काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटबाट नेपाल बाहिरिएको छ। नेपाल मंगलबार थाइल्याण्डसँग पराजित भएसँगै विश्वकप एसिया छनोटबाट बाहिरिएको हो ।

मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपाल ४९ रनले पराजित भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोडेको थियो। जवाफी ब्याटिङ्मा उत्रेको नेपालले १९.५ ओभरमा अलआउट हुँदै ४० रन मात्र जोड्न सक्यो । बिहिबार नेपालले अन्तिम खेलमा मलेसियासँग खेल्नेछ। नेपालले ४ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।

ताजा खबर