सबै सवारी साधनमा इम्बोस्ड अनिवार्य नगरेको विभागको स्पष्टोक्ति

२०७९ जेठ २४ मंगलबार १४:३८:०० मा प्रकाशित

काठमाडौँ । यातायात व्यवस्था विभागले साउन एक गतेबाटै सडकमा गुड्ने सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य नभएको स्पष्ट पारेको छ । मंगलबार विज्ञप्ति जारी गरी विभागले साउन १ गतेबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने आशय विभागको नरहेको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन । सीमित समयमा कार्य पुरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।’

हाल दुई लाख ५० हजार प्लेट उत्पादन भएर स्टोरमा रहेको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडानका लागि पनि सबै पूर्वाधार तयार रहेको विभागको दाबी छ ।

ताजा खबर