लोसपाले ११ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई बुझायो ज्ञापन पत्र

२०७९ जेठ २४ मंगलबार ११:५९:०० मा प्रकाशित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले प्रधानमन्त्री देउवालाई ११ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा नागरिकता विधेयक पारित गर्न तथा मधेस आन्दोलनका बेला झूटा मुद्दा लगाएर थुनिएकाहरुलाई रिहा गर्न माग गरिएको छ । त्यस्तै जनसंख्याको आधारमा स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभामा प्रतिनिधित्वको व्यवस्था गर्न तथा जनसंख्याको आधारमा बजेट वितरण गर्नसमेत माग गरेको छ ।

ताजा खबर