फोहोर बोकेका गाडीलाई सिसडोलमा पुनः अवरोध

२०७९ जेठ २४ मंगलबार १०:१७:०० मा प्रकाशित

काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । सोमबार साँझ काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् ।

यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग उनीहरुले गरेका छन् । सोमबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा भएको जनप्रतिनिधिहरुबीचको वार्तामा काठमाडौं महानगर, ललितपुर, ककनी, धुलिबेसी र गोकर्णेश्वरका जनप्रतिनिधिबीच आजदेखि फोहोर उठाउने सहमति भएको थियो ।

वार्तामा स्थानीय जनप्रतिनिधि विभिन्न मागहरू क्रमिकरुपमा पूरा गर्ने काठमाडौं महानगरले प्रतिबद्धता जनाएको थियो । सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका तर्फबाट विभिन्न प्रतिवद्धतासहितको सहमतिपत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

ताजा खबर