आइतबार बिदा दिने निर्णय फिर्ता

२०७९ जेठ २३ सोमबार १९:३७:०० मा प्रकाशित

काठमाडौं । सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागू हुनेछ । यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले पाँचजना डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । डीआईजीहरु उत्तम सुवेदी, अरुणकुमार बीसी, दिवेश लोहनी , मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका हुन् ।

ताजा खबर