सातामा दुई दिन बिदा दिने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

२०७९ जेठ २३ सोमबार १७:३९:०० मा प्रकाशित

काठमाडौं । आइतबार पनि बिदा दिने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु सन्तोष भण्डारी, पुण्य प्रसाद खतिवडासहितले रिट दायर गरेका हुन्।

उनीहरुको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । दरपिठविरुद्ध उनीहरुले इजलासमा निवेदन दिएका थिए। उनीहरुको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले रिट दर्ता गर्न आदेश दिएको हो ।

इजलासको आदेशपछि यी रिटहरु दर्ता भएको सर्वोच्च प्रशासनले जनाएको छ । सरकारले जेठ १ गतेदेखि लागू हुने गरि आइतबार पनि बिदा दिने निर्णय गरेको थियो। सरकारको निर्णय कुनै पनि अनुसन्धान र तथ्यमा आधारित नभइ हचुवाको भरमा भएकाले खारेज हुनुपर्ने जिकिर रिटमा गरिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय लगायतलाई विपक्षी बनाइएको छ ।

ताजा खबर