यसरी समातिए हुण्डी कारोबारी गर्ने बाराका जयकमल साह

२०७९ जेठ २३ सोमबार १६:५१:०० मा प्रकाशित

काठमाडौँ । प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा बाराका जयकमल साहलाई ३७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बारा पचरौता नगरपालिका ७ स्थायी घर भई हाल कालिमाटी बस्दै आएका साहलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३ सय नेपाली र १२ लाख ८ हजार ७ सय भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।

कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साह हुन्डी कारोबारमा संलग्न भएको कसुरमा प्रहरी निगरानीमा थिए । प्रहरीका अनुसार बरामद नेपाली र भारतीय रुपैयाँको पनि स्रोत खुलेको छैन । प्रहरीले बरामद रकमसहित साहलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ ।

ताजा खबर