थप १३ जनामा कोभिड संक्रमण, ९ जना संक्रमणमुक्त
२०७९ जेठ २२ आइतबार १७:०४:००
मा प्रकाशित
![](https://archive.saralpatrika.com/uploads/news/images/Health_and_poulatin_ministry-nepal_11262191602020-12-03-08-09-50.jpeg)
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६३४ वटा नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै सोही अवधिमा ९ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।