एकीकृत समाजवादीले मन्त्री परिवर्तन गर्ने

२०७९ जेठ २२ आइतबार १६:४७:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्ना पार्टीका मन्त्री परिवर्तन गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउँदै नयाँ मन्त्री पठाउने निर्णय गरेको हो ।

सचिवालयको निर्णयसँगै पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ थिए।

एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरका अनुसार भवानी खापुङ स्वास्थ्यमन्त्री बन्नेछन् भने मेटमणि चौधरी शहरी विकास मन्त्री, जीवनराम श्रेष्ठ पर्यटनमन्त्री, शेरबहादुर कुँवर श्रममन्त्री र हिरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् ।

ताजा खबर