मन्त्रीहरु फिर्ता बोलाउने एकीकृत समाजवादीको तयारी

२०७९ जेठ २२ आइतबार १५:१९:०० मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकमा सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ । आइतबारको बैठकमा मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको हो ।

हेरफेर गर्ने वा नगर्ने शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्ष माधवकुमार नेपालले निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिएका छन् । मन्त्रीहरूलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको र अहिले ६ महिना भन्दाबढी भएकाले शीर्ष नेताहरुले उपयुक्त ठानेमा हेरफेर हुने उनले बताए । उनले पार्टीले मन्त्री हेरफेरको निर्णय गरेमा मन्त्रीहरूले निर्णय मान्नुपर्ने बताए ।

एकीकृत समाजवादीबाट सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ छन् ।

ताजा खबर