कन्टेनर डिपोमा आगलागी हुँदा बङ्गलादेशमा २५ जनाको मृत्यु

२०७९ जेठ २२ आइतबार १२:४६:०० मा प्रकाशित

बङ्गलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्डस्थित एउटा कन्टेनर डिपोमा भएको आगलागी परी ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । अझै पनि मृतकको संङ्ख्या बढ्न सक्ने एक वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन् ।

चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति आगलागी भएको थियो । आगलागीमा परी २५ जनाको ज्यान गइसकेको प्रहरी अधिकारीहरुले पुष्टि गरेका छन् ।

चटगाँउ जिल्लाका प्रहरी प्रमुख मोहमद मोमिनुर रहमानले आगलागीमा पाँच अग्नि नियन्त्रकसहित २५ जनाको मृत्यु भएको जानकारी दिए । आगो अझै पूर्णरुपमा नियन्त्रणमा नआएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । आगलागीमा परी ४० अग्नि नियन्त्रक र १० प्रहरीसहित २०० भन्दा बढी घाइते छन् ।

ताजा खबर