उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

२०७९ जेठ २२ आइतबार ११:५५:०० मा प्रकाशित

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । यसअघि दक्षिण कोरियाली समाचनार संस्था योनहापले दक्षिण कोरियाली स्रोतलाई उदृत गर्दै उत्तर कोरियाले जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट थुप्रै ब्यालेस्टिक मिसाइलहरू प्रहार गरेको जनाएको थियो ।

यसैबीच दक्षिण कोरियाली सेनाले उत्तर कोरियाले एउटा अज्ञात ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको घोषणा गरेको छ । योनहापले दक्षिण कोरियाली जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) लाई उदृत गर्दै प्योङयाङले आइतबार कम्तीमा दुई स्थानबाट आठ छोटो दूरीका ब्यालिस्टिक मिसाइल परीक्षण गरेको बताएको हो।

ताजा खबर