यो जनार्दन शर्माको प्रतिबद्धता हो, निजगढ विमानस्थल बन्छ

२०७९ जेठ २१ शनिबार १८:४५:०० मा प्रकाशित

वीरगंज । अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार वीरगंज उद्योग बाणिज्य संघको ४६ औं साधारणसभामा मन्त्री शर्माले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसैवर्ष सुरु गर्ने हो । यसको लागि आफू जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो । शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो ।’ अर्थमन्त्री शर्माले वीरगंज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे ।

उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा चिनी मिल चलाउन सरकार तयार रहेको बताए । मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगंज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।


 

ताजा खबर