उत्तरपश्चिम पाकिस्तानमा आतङ्कवादी हमलामा एक सैनिकको मृत्यु

२०७९ जेठ २० शुक्रबार १३:२१:०० मा प्रकाशित

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा आतङ्कवादीहरूले सुरक्षा बललाई निशाना बनाएर गरेको आक्रमणमा एक सैनिकको मृत्यु भएको छ । आतङ्ककारीहरूले जिल्लाको दत्तखेल नगर क्षेत्रमा रहेको सैनिक चौकी माथि गोली चलाएका थिए ।

सेनाको मिडिया विंग इन्टर सर्भिसेज पब्लिक रिलेटिले जनाएअनुसार आक्रमण हुना साथ सैनिकहरूले तुरुन्त प्रतिक्रिया जनाएका थिए । गोली हानहानका क्रममा २८ वर्षीय सैनिक जवानको मृत्यु भएको थियो । पाकिस्तानमा पछिल्लो समयमा आतङ्कवाद विरुद्ध सेनाले तीव्र र कठोर कारबाही चलाउँदै आएको जनाएको छ ।
 

ताजा खबर