सार्वजनिक सवारीसाधनको भाडा घट्यो

२०७९ जेठ २० शुक्रबार १२:४६:०० मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ । शुक्रबारदेखि लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

यात्रुवाहक सवारी साधनमा २ प्रतिशत भाडा घटेको छ भने मालवाहक सवारी पहाडमा चल्नेमा २ प्रतिशत र तराईमा चल्नेमा २.६ प्रतिशत भाडा घटेको छ । सरकारले यसअघि बिहीबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर हटाएको थियो।

 

ताजा खबर