कतारमाथि नेपालको सानदार जित

२०७९ जेठ २० शुक्रबार ११:४३:०० मा प्रकाशित

काठमाडौं । नेपालले आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ । मलेसियाको यूकेएम ओभलमा शुक्रबार नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडिन् ।

कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन् । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले दुई÷दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए ।

यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् । बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १÷१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतार छन् । अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ ।

ताजा खबर