पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर

२०७९ जेठ १९ बिहीबार १९:४०:०० मा प्रकाशित

पोखरा । करणीको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत तनहुँको आदेश सदर गरेको छ । उच्च अदालत पोखराले जिल्ला अदालत तनहुँकै फैसलालाई सदर गरेको हो ।

बिहीबार उच्च अदालतका न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।

ताजा खबर