राजा वीरेन्द्रको सालिक राख्ने विषयमा नेपालगन्जमा विवाद, प्रहरीद्वारा हवाईफायर

२०७९ जेठ १९ बिहीबार ११:२२:०० मा प्रकाशित

नेपालगन्ज । स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगन्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ । बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्रको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाईफायर समेत गरेको थियो । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
 

ताजा खबर