अमेरिकाको एक अस्पतालमा भएको गोलीकाण्डमा चार जनाको मृत्यु

२०७९ जेठ १९ बिहीबार ०८:५७:०० मा प्रकाशित

अमेरिकाको ओक्लाहोमा राज्यको टुलसास्थित एउटा अस्पतालमा भएको गोलीकाण्डमा चारजना सर्वसाधारण मारिएका छन् । घटनामा सन्दिग्ध आक्रमणकारी पनि मारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार सेन्ट फ्रान्सिस अस्पताल खाली गराउन अझै काम भइरहेको छ जहाँ एक पुरुष राइफलसहित रहेका विवरण आएका थिए । गोलीकाण्डमा कैयौँ घाइते भएका बताइएको छ । आक्रमणकारीको अहिलेसम्म पहिचान खुलेको छैन। गोली चलाउँदा उनी आफू पनि घाइते भएको प्रहरीको अनुमान छ ।

उनका अनुसार सन्दिग्ध आक्रमणकारीसँग टाढाबाट निसाना लगाउने एउटा बन्दुक र अर्को ह्यान्ड गन पनि थियो । आक्रमण गर्नुको उद्देश्यबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको हो ।

ताजा खबर