राम्रा काममा सरकार र कांग्रेसले साथ दिने प्रधानमन्त्रीको प्रतिबद्धता

२०७९ जेठ १८ बुधबार १९:१५:०० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहले भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेस दुवैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।

महानगर मेयर साहले पनि आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । भेटमा प्रधानमन्त्रीले महानगरको मेयरमा विजयी भएकोमा बालेनले बधाई दिएका थिए ।


 

ताजा खबर