यो बजेटले चुनाव मात्रै देख्योः पूर्वअर्थमन्त्री पाण्डे

२०७९ जेठ १८ बुधबार १२:०५:०० मा प्रकाशित

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले सामाजिक सुरक्षा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले संकट एकातिर भएपनि बजेट अर्कोतिर भएको टिप्पणी गरे ।

उनले सरकारले सामाजिक सुरक्षा भत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा उमेर घटाएकोमा आपत्ति जनाए । उनले सामाजिक सुरक्षा भत्ता एमालेको ब्रान्ड रहेको भन्दै त्यसको उमेर घटुवाले गठबन्धनका दललाई लाभ हुने बताए ।

उनले भने, ’तपाईं उमेर ५८ होइन, ६८ पुर्याउनोस्। एमालेलाई नै ताली ठोक्छन्। तपाईंले ५ हजार पुर्याउँछु भनेर घोषणापत्रमा बोलेको होइन, किन पुर्याइएन ?’ उनले संकट एकातिर भएको तर बजेट अर्कातिर आएको बताए ।उनले भने, ’संकट एकातिर छ, बजेट अर्कैतिर छ । यो बजेटले चुनाव मात्रै देख्यो, अस्ति गएको चुनाव देख्यो र आउने चुनाव मात्रै देख्यो ।’

ताजा खबर