चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु

२०७९ जेठ १८ बुधबार १०:२०:०० मा प्रकाशित

चितवन । चितवनमा सवारीसाधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा बुधबार भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए । उनको सनाखत हुन सकेको छैन ।

ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न सकेको छैन । ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन् ।
 

ताजा खबर