मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ २१ मा ल्याइने

२०७९ जेठ १८ बुधबार १०:१५:०० मा प्रकाशित

जनकपुरधाम । मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम आगामी जेठ २१ गते प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ ।
प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत साहले जानकारी दिए ।

आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा प्रदेश सरकारले कृषि, सिँचाइ, स्वास्थ्य, भौतिक पूर्वाधारलगायतका विषयलाई जोड दिइने मन्त्री साहले बताए ।

यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ । नीति तथा कार्यक्रमपश्चात प्रदेश सरकारले असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभाको नवौँ अधिवेशन यही जेठ १९ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
 

ताजा खबर