रोल्पा कारागारमा कैदी मृत्यु घटनाको छानविन गर्न समिति गठन

२०७९ जेठ १७ मंगलबार १७:३९:०० मा प्रकाशित

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले रोल्पा कारागारमा कैदी मृत्यु घटनाको छानविन गर्न समिति गठन गरेका छन् । गृहमन्त्री खाँणले मंगलबार मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।

समितिलाई ७ दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्रिस्तरीय निर्णयबाट कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिएका छन् । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भुपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईँ नेतृत्वको समितिले सोमबार प्रतिवेदन बुझाइसकेको छ । कारगारभित्रै हरिजनको शंकास्पद मृत्यु भएपछि उनी सुर्खेतका विजयबिक्रम शाहको सट्टामा जेलमा रहेको खुलेको थियो ।


 

ताजा खबर