३५ अंकले घट्यो शेयर बजार

२०७९ जेठ १७ मंगलबार १६:०५:०० मा प्रकाशित

काठमाडौं । शेयर बजार मङ्गलबार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से ३५ दशमलव ५३ अङ्कले घटेर दुई हजार एक सय ३७ दशमलव ९२ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, विकास बैंक, व्यापार र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

दोहोरो अङ्कले बजार घटेको दिन दुई सय २९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता शेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको पाँच करोड ३७ लाख रुपैयाँको शेयर किनबेच भयो । नेपाल इन्भेस्टमेन्ट बैंकको शेयर आज पनि १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि उपकार लघुवित्त वित्तीय संस्थाको शेयर झन्डै साढे आठ प्रतिशतले बढेको छ ।

ताजा खबर