भैरहवास्थित नापी कार्यालयका अमिन ३० हजार घुससहित पक्राउ

२०७९ जेठ १७ मंगलबार १३:५५:०० मा प्रकाशित

काठमाडौं । रुपन्देहीको भैरहवा नापी कार्यालयका अमिन टेकबहादुर रायमाझी घुस रकमसहित पक्राउ परेका छन् । जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट गएको आयोगको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको भण्डारीले बताए ।

ताजा खबर