श्रीमानको यातनाबाट चितवनकी गीता माझीको मृत्यु

२०७९ जेठ १७ मंगलबार १०:१७:०० मा प्रकाशित

चितवन । चितवनको खैरहनी–१० मुसहर बस्तीकी गीता माझीको उपचारका क्रममा मृत्यु भएको छ । श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु सोमबार राति मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार शल्यकृया गरेको बिरामीको मुटुको चाल एक्कासी बन्द हुने समस्या कारण मृत्यु भएको हो । यो समस्या प्रति एक लाखमध्ये दुई जनामा देखिने समस्या हो ।

श्रीमान रामचन्द्र माझीले गुप्ताङ्गमा लौरो छिराएर घाइते बनाएपछि गीता बिहीबार भरतपुर अस्पताल भर्ना भएकी थिइन्। चिकित्सकका अनुसार गीताको गुप्तङ्गमा लौरो छिराइदिएपछि यौनाङ्ग नै च्यातिएको थियो। श्रीमान रामचन्द्र भने चितवन प्रहरीको नियन्त्रणमा छन् ।

उनका श्रीमानलाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

ताजा खबर