चाडमा सुनखानी कामदारबीच झडप हुँदा कम्तिमा एकसयको मृत्यु

२०७९ जेठ १६ सोमबार २२:२५:०० मा प्रकाशित

उत्तरी चाडमा सुन खानीमा कार्यरत कामदारहरू बीचको झडपमा करिब एकसय जनाको मृत्यु भएको छ । मे २३ मा लिबियाको सीमा नजिकको कोरी बोगौदीमा हिंसा भड्किएर घटनाले ठूलो रूप लिदा करिब १०० जनाको मृत्यु भएको छ भने कम्तीमा ४० जना घाइते भएका छन् । झडप चाडको राजधानी एन’जामेनाबाट करिब एक किलोमिटर टाढा मध्य सहाराको तिबेस्ती पर्वतमा भएको थियो ।

त्यस क्षेत्रमा सुनको खोजी चाड र छिमेकी देशहरूबाट आएका खानी कामदारहरू बीच अक्सर तनाव र झडप हुने गर्दछ । झडप मौरिटानियन र लिबियालीहरू बीच भएको रक्षामन्त्री जनरल दाउद याया ब्राहिमले बताएका छन्।

ताजा खबर