तारा एयरको जहाज दुर्घटना छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन

२०७९ जेठ १६ सोमबार १७:१२:०० मा प्रकाशित

काठमाडौं । सरकारले तारा एयरको जहाज दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा पाँच सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यमा क्याप्टेन दिपु ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्र लाल श्रेष्ठ, वरिष्ठ मौसमविद मणिरत्न शाक्य र मन्त्रालयका प्राविधिक सहसचिव वुद्धिसागर लामिछाने छन् । आयोग समितलिाई दुर्घटनाको कारण पत्ता लगाई भविष्यमा यस्ता घटना दोहोरिन नदिने उपाय सिफारिस गर्ने कार्यादेश दिइएको छ ।

आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाज मुस्ताङको मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । दुर्घटनामा जहाजमा रहेका सबैको मृत्यु भएको छ।

ताजा खबर