काठमाडौंका मेयर र उपमेयरद्वारा पद तथा गोपनियताको शपथ

२०७९ जेठ १६ सोमबार १२:३५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित वालेन साहले पद तथा गोपनियताको शपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौंका मुख्य निर्वाचित अधिकृत राजुकुमार खतिवडाले साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि बालेनले नेपाल भाषामा पनि शपथ वाचन गरेका थिए ।

बालेनले शपथ ग्रहण गरेपछि उनले उपमेयर सुनिता डंगोललाई शपथ ग्रहण गराएका थिए । डंगोलले भने नेवारी भाषामा शपथ लिएकी थिइन् । मेयर बालेनले नेपालीमा शपथ खुवाएपनि डंगोलले नेवारीमा शपथ लिएकी हुन् । मेयर र उपमेयरले शपथ लिएपछि वडा अध्यक्ष र सदस्यहरु सबैको शपथ ग्रहण राष्ट्रिय सभागृहमा नै भएको थियो ।

       

ताजा खबर