जेलेन्स्की पहिलो पटक किएभबाहिर युद्धग्रस्त खार्किभ क्षेत्रमा

२०७९ जेठ १६ सोमबार ०९:०६:०० मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की देशको द्वन्द्व ग्रस्त खार्किभ क्षेत्रको अग्रपङ्क्तिमा पुगेर त्यहाँ तैनाथ सैनिकहरूसँग भेट गरेका छन् । फेब्रुअरी २४ मा रुसी आक्रमण सुरु भएयता किएभबाहिर यो उनको पहिलो भ्रमण हो । बुलेट प्रुफ भेस्ट लगाएर खार्किभ सहरमा भग्नावशेषहरू अवलोकन गर्दै गरेका उनका तस्बिरहरू सार्वजनिक भएका छन् ।

जेलेन्स्कीले सैनिकहरूलाई भनेका छन्,‘तपाईँहरू हरेकको सेवाका लागि म धन्यवाद दिन चाहन्छु।’ तर लगत्तै उनले स्थानीय सुरक्षा प्रमुखलाई सहरको रक्षा नगरेको आरोपमा बर्खास्त गरेका छन् । युक्रेनको दोस्रो ठूलो सहर खार्किभ करिब १५ दिन जति शान्त रहे पनि रुसले हालैका दिनहरूमा पुनः गोलाबारी सुरु गरेको छ ।

युद्धको पाँच महिनासम्म युक्रेनको यो सहरले तीव्र बमबारीको सामना गरेको थियो। यो सहरका अग्ला घरहरू भग्नावशेषमा परिणत भएका तस्बिरहरू सार्वजनिक भएका थिए । अप्रिल र मेमा रुसी फौजहरू यो सहर आसपासका क्षेत्रबाट बिस्तारै पछि हटेका थिए। रुसी फौज पछि हटेपछि सहरबाट विस्थापित भएका कतिपय मानिस पुनः फर्किएका थिए । रुसी आक्रमणपछि बन्द रहेको यहाँको मेट्रो सेवा समेत पहिलो पटक पुनः सुरु भएको थियो ।

ताजा खबर