साउन महिनाभित्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गरिने

२०७९ जेठ १५ आइतबार १८:१६:०० मा प्रकाशित

काठमाडौं । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापित गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको बजेट वक्तव्यमा साउन महिनाभित्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, आगामी तीन महिनाभित्र महानगर र उपमहानगरपालिकाभित्रका सबै सार्वजनिक कार्यालय र मन्त्री निवासहरुलाई ग्यास सिलिन्डर मुक्त गराइ क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाइने अर्थमन्त्रीले बताए । ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

ताजा खबर