तारा एयरको जहाज लेतेको पहाडमा दुर्घटना भएको आशंका

२०७९ जेठ १५ आइतबार ११:३८:०० मा प्रकाशित

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको लेते माथिको पहाडमा दुर्घटना भएको आशंका गरिएको छ । तारा एयरको ९ एनएईटी ट्विनअटर विमानमा १९ यात्रु सहित २२ जना सवार थिए । तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार जहाजमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए ।

जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए । पोखराबाट ९ बजेर ५५ मिनेटमा उडेको जहाज १० बजेर २० मिनेटमा अवतरण गर्नुपर्ने थियो । जहाजको खोजीका लागि हेलिकप्टर पठाइएको छ ।

ताजा खबर