आजबाट पोखरामा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल

२०७४ पौष १९ बुधबार १२:५४:०० मा प्रकाशित

काठमाडौं, १९ पौष । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल आजबाट पोखरामा शुरु भएको छ। माघ १९ देखि २२ सम्म चल्ने  फेस्टिभलमा नेपाल सहित विभिन्न देशबाट छानिएका १३ फिचर फिल्म, ४० सर्ट फिल्म गरी  ५३ फिल्महरु देखाइने छ ।

‘देश खोज्दै जाँदा’, ’तान्द्रो’, ’प्रतिबद्धता’ नामका फिचर फिल्म र १३ वटा सर्ट फिल्म देखाइनेछ नेपालको तर्फबाट देखाइने छ भने  पहिलो संस्करणको  थाइल्यान्ड, ब्राजिल, इटली, श्रीलंका, अस्ट्रेलिया, सिंगापुर, ताइवान, मलेसिया, फ्रान्स, भारत, अफगानिस्तान, फिलिपिन्स, जर्जिया, इराक, अमेरिका, बंगलादेश, जर्मनी, इरान, चिली, सिरिया, रसिया, ग्रिस, चीन, बस्कोर्तोस्थान, चेक रिपब्लिक, काजाकस्तान र स्विटजरल्यान्डका फिल्महरु देखाइनेछन्।

फेस्टिभलमा  नेपालका मीनबहादुर भाम, भारतका अशोक रानी, कतारका खालिल बेनिक्रेन, श्रीलंकाका भिमुख्ती जयसुन्दरा, जापानका सोजो इच्छियामा र चीनका पेङ झिआओलियन निर्णायकको भूमिकामा रहनेछन्। फेस्टिभलमा उत्कृष्ट फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट जुरी, उत्कृष्ट नेपाल पानारोमा अवार्ड प्रदान गरिने छ । 
 

ताजा खबर