नेपाली क्रिकेट टोलीको विदाई

२०७९ जेठ १४ शनिबार १८:०८:०० मा प्रकाशित

काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगिता अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृंखलाका लागि नेपाली टोलीलाई शनिबार विदाई गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रमको आयोजना गरी टोलीलाई शनिबार विदाई गरेको हो । नेपाली टिम आज अमेरिका जाँदै छ । टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, क्यानका अध्यक्ष चतुर बहादुर चन्द लगायतको टोलीले विदाई गरेको हो । विदाई कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले तयारी राम्रो भएकाले नतिजा पनि राम्रो आउने विश्वास गरे ।

धेरै खेल खेल्न बाँकी रहेकाले नेपाली टोलीलाई अर्को चरण पुग्नका लागि पनि शृखंला निकै महत्वपूर्ण रहेको उनले बताए । नेपालले अमेरिकामा आयोजक अमेरिका र ओमानसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।

शृंखला पूर्व नेपाली टोली अमेरिकामा त्यहाँका दुई क्लबसँग अभ्यास खेल खेल्ने तालिका समेत रहेको छ । नेपाली टोलीलाई सम्हालेका मुख्य प्रशिक्षक पुबुदु दशानायकेले नेपाली टोली तयारी राम्रो भएको सुखद नतिजा निकाल्नमा आपूm आशावादी रहेको बताए । लिग–२ शृंखला अन्तर्गत नेपालले पहिलो खेल ओमानसँग जुन नौं तारिखमा खेल्नेछ ।

त्यसपछि जुन ११ मा नेपाली टिमले अमेरिकासँग खेल्नेछ भने जुन १४ मा ओमानसँग दोस्रो खेल खेल्ने तालिका रहेको छ । यस्तै जुन १५ मा अमेरिकासँग दोस्रो खेल्ने छ । आईसीसी विश्वकप लिग–२ प्रतिस्पर्धा गरिरहेका ७ टिमले ३६ वटा म्याच खेल्नु पर्छ । अहिलेसम्म ३२ म्याच खेलेको ओमानले १९ खेलमा जित र १ खेलमा बराबरी गर्दा १ खेल भने नतिजा विहीन बनेको थियो ।


 

ताजा खबर