जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्छः अध्यक्ष यादव

२०७९ जेठ १४ शनिबार १४:१४:०० मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई यथाशिघ्र नागरिकता ऐन ल्याउन आग्रह गरेका छन् । शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले अझै पनि लाखौ नेपाली नागरिकहरु नागरिकताविहीन भएको भन्दै तत्काल नागरिकता ऐन ल्याएर समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘अझै पनि लाखौं नेपाली नागरिकहरु नागरिकताविहीन छन्। आमाबुवाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। तीनका सन्तान गैरनागरिक भएर बस्नुपरेको छ। तिनीहरुलाई नागरिकता दिने दायित्व राज्यको हो।’ त्यसैगरी अध्यक्ष यादवले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने बताए ।

मधेसमा जनसंख्या बढेको भन्दै यादवले सोहीअनुसार निर्वाचन क्षेत्रमा परिवर्तन गर्नुपर्ने बताएका हुन् । उनले भने,’जुनबेला संसदीय निर्वाचन क्षेत्र तय गरिएका थिए त्योबेला ४६ प्रतिशत जनसंख्या थियो मधेसमा । आज ५३ प्रतिशत पुगेको छ । यो ५३ प्रतिशत जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरूको पुनर्निर्धारण हुनुपर्छ ।’

ताजा खबर