सरकारी जग्गा बैना गरी ५ करोड ठगी गरेको आरोपमा भक्तपुरबाट दुईजना पक्राउ

२०७९ जेठ १३ शुक्रबार २०:१६:०० मा प्रकाशित

काठमाडौं । भक्तपुरमा सरकारी जग्गा बिक्री गर्न बैना रक लिइ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको साविक सुडाल गाविस–४ को कित्ता नम्बर ३९९ को ४ आना सरकारी जग्गा व्यक्ति हो भनी बिक्री गर्न ५ करोड बैना लिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका–७ का केशवप्रसाद अधिकारी र भक्तपुर नगरपालिका–८ का ५८ वर्षका ईश्वर गाईजु रहेका छन् । उनीहरुले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का धनीराम राई समेतसँग जग्गा बैनावापत ५ करोड २० लाख रुपैयाँ उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए ।

ताजा खबर