सात करोड माग्दै धम्क्याउने सात जना पक्राउ

२०७९ जेठ १३ शुक्रबार १८:०८:०० मा प्रकाशित

काठमाडौं । प्रहरीले धाकधम्की दिई सात करोड रुपैयाँ माग गर्ने गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले योजनाबद्ध रुपमा पीडितलाई भेटेर तथा टेलिफोन गरी सात करोड रुपैयाँ माग गर्ने सात जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुरका २१ वर्षीय सुजन आचार्य, कालिकोटका टेक विक, बझाङका धर्मराज थापा, काभ्रेका उमेश भण्डारी, गुल्मीकी वसन्ता खनाल, चितवनका सुरज शर्मा र काठमाडौका श्रवण कार्की छन् ।

उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिउको प्रहरीले जनाएको छ । प्रहरीले पीडितको नाम भने गोप्य राखेको छ । उनीहरुलाई आपराधिक लाभ मुद्दामा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ ।

ताजा खबर