उद्योगमन्त्रीका अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

२०७९ जेठ १३ शुक्रबार १५:०८:०० मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए ।

सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर प्रस्तुत गरिएको शब्द हटाउन निर्देशन दिपछि प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।


 

ताजा खबर