ध्यानबाटै मुटुको समस्याबाट मुक्त

२०७४ पौष १९ बुधबार १२:२९:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो तथ्यांकअनुसार अमेरिकामा वर्षेनी ६ लाख भन्दा बढीको हृदयघातकै कारण मृत्यु हुने गर्छ। ध्यानको माध्यमले हृदयघात नियन्त्रणमा ल्याउन सकिने बैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। हृदयघातबाट बच्न ध्यानले कसरी मद्दत पुर्याउँछ भन्नेबारे ध्यान अभियानकर्ता विकास खनालसँग गरिएको कुराकानीको सम्पादित अंश:

ध्यान गरेर हृदयघातबाट कसरी बच्न सकिन्छ?

म मेरो अनुभवबाटै यो प्रश्नको उत्तरमा जान्छु। केही बर्ष पहिले मलाई सुतिरहेको बेला मुटुमा असजिलो महशुश हुन थाल्यो। तत्काल उठेर ध्यान गर्न थालेँ। करिब आठ वर्षदेखि आफूले ध्यानगर्न थालेकै कारण हृदयमा हुने असजिलोपनलाई समयमै नियन्त्रण गर्नसकें। ध्यान गर्न थालेको आठ वर्ष भएपनि मैले यो कुरा महशुश गरेकै थिइनँ। राती सुतिरहेको अवस्थामा मुटुमा असजिलो महशुश हुन थाल्यो। त्यसबखत घरमा कसैलाई नभनी ढोकाबन्द गरेर ध्यान गर्न थालें। दुखाइ आफै कम हुँदै गयो। यदि त्यो समय मैले ध्यान नगरेको भए आज कुनअवस्थामा हुने थिएँ म कल्पनासमेत गर्न सक्दिन।

त्यसो भए ध्यानकै सहायतामा हृदयघातबाट बच्न सकिन्छ?

हाम्रो मष्तिस्कबाट निस्कने सेरोटोनाइननाम गरेको तत्वले तनाव हुन दिँदैन। त्यस्तैगरि मष्तिस्कबाटै निस्कने कोरिस्टोलनामको अर्को तत्वले नकारात्मक विचार तथा अन्य समस्या उब्जाइदिन्छ। हाम्रो मष्तिस्कमा हुने न्यूरोनले यी तत्वहरुको सन्तुलनलाई मिलाउने गर्छ। मष्तिस्कमा यी तत्वहरुको सन्तुलन तलमाथि हुनेवित्तिकै हृदयघात हुने हो। मष्तिस्कमा हुने यही असन्तुलनलाई ध्यानले नियन्त्रणमा ल्याउँछ। जसकारण हृदयघातबाट समयमै बच्न सकिन्छ। त्यसैकारण यो आफूमा भएको व्यक्तिगत अनुभव अरु धेरै मानिसले बुझ्न सकुन् र ध्यानलाई वास्ताविकजीवनमा परिचालन गरुन् भन्ने मेरो आशय छ।

सामान्य भाषामा भन्नुपर्दा ध्यान के हो रु ध्यान गर्ने वातावरण कस्तो हुनुपर्छ?

मानिसको मष्तिस्कमा कुनै पनि किसिमका तरंग र विचार (सकारात्मक या नकारात्मक)लाई विस्तृत रुपमा गरिने अध्ययनलाई ध्यान भनिन्छ। ध्यानका लागि शान्त ठाउँ चाहिन्छ भन्ने धेरैको बुझाइ छ। तर, ध्यानको लागिकुनै निश्चित ठाउँको आवश्यकता पर्दैन। ध्यान जहाँ र जहिले गर्न सकिन्छ। फिल्म हेर्दा पनि हामी ध्यानमै हुन्छौं। तीन घण्टा फिल्म हेर्दा हामीले समय वितेको पत्तो पाउँदैनौ। यसको अर्थ हामी फिल्म हेर्दा होसमा हुँदैनौ। त्योे अवस्था नै ध्यान हो।

ध्यान गर्ने वीधिहरु केके हुन् ?

ध्यानका पनि आफ्नै विधीहरु छन्। सामान्य रुपमा ध्यान कसरी गर्ने भन्दा, ‘पलेटि कसेर बस्ने हातको मुद्रा मिलाउने, आँखा बन्द गर्ने या खोल्ने र श्वास प्रस्वासलाई ध्यान दिइरहने। ध्यान गर्दै जाँदा ती सबै नियमहरुकको आवश्यक्ता कम हुँदै जान्छ र ध्यान आफैं हुन्छ। तर, गुरुको सहायता बिना एक्लै ध्यान गर्नु भनेको मुर्खताजस्तै हो। गुरुको सहायता बिना ध्यान गर्दा ध्यानबाट बाहिर आउन नसकेर दिमागी सन्तुलन बिग्रीएका पनि धेरै त्यस्ता घटनाहरु देखेको छु। पछि त्यो अवस्थालाई ध्यानकै माध्यमबाट सुधारिएका छन्।

ध्यानका फाइदाहरु के के छन्?

ध्यानको बेफाइदा छैन, जे छ फाइदै फाइदा छ। यसले हामीलाई आत्मसम्यम बनाउँछ, करुणाको भाव जगाउँछ। ध्यानले नकारात्मक विचारबाट टाढा बनाउँछ। तनाव व्यवस्थापन कसरी गर्ने रुमानिसको जीवनसँगै अपरिहार्य बनेर जोडिएको तनावलाई पनि ध्यानले व्यवस्थापन गर्न सक्छ। सर्वप्रथम हामीले तनाव कसरी हुन्छ भन्ने कुरा जान्नु जरुरी छ। मनमा अनावश्यक इच्छा राखेपछि तनाव सृजना हुन्छ। असंख्य चाहना बढ्नुले पनि तनाव उत्पादन गर्छ। हामीले सक्ने चाहनामात्र राख्नुपर्छ। यसका साथै चाहनालाई व्यवस्थित गर्ने क्षमता पनि हामीमा हुनुपर्छ। चाहना छ भन्दैमा चाहेको चिज तत्काल गर्न सकिदैंन। हामीले गर्न नसक्ने र वशमा नभएको कुरामा बढी ध्यान दिन्छौं जसले गर्दा तनाव हुन्छ। त्यसलाई ध्यानले नै कम गर्न सक्छ। हाम्रो मष्तिस्क नै हाम्रो ठूलो शत्रु र मित्र भएको हुनाले यसलाई राम्रो मित्र बनाउने काम ध्यानमार्फत मात्र हुन सक्ने हुनाले ध्यानलाई दैनिक जीवनमा उतार्न जरुरी छ। http://www.nepalaaja.com

ताजा खबर