शेयर बजारमा दोहोरो अंकको बृद्धि

२०७९ जेठ ११ बुधबार १५:४३:०० मा प्रकाशित

काठमाडौं । शेयर बजार परिसूचक नेप्से बुधबार पनि दोहोरो अङ्कले बढेको छ । मङ्गलबार १६ अङ्कले बढेको नेप्से बुधबार १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई सय ३१ दशमलव ५७ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेको छ । दुई सय २६ कम्पनीको २६ लाख ९४ हजार कित्ता शेयर एक अर्ब चार करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै माथिल्लो तामाकोसीको आठ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज बलेफी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी, सिङ्गटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि कर्पाेरेट विकास बैंक शेयर सबैभन्दा धेरै सात प्रतिशतभन्दा धेरैले घटेको छ ।

ताजा खबर