पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबिरुद्ध विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

२०७९ जेठ ११ बुधबार १४:४८:०० मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । बुधबार नेपाल विद्यार्थी संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

उनीहरुले निगमको मूल गेटमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए । उनीहरुले रुस र युक्रेनको युद्ध देखाएर नेपालमा मूल्यवृद्धि गर्नुको तात्विक कारण नरहेको बताएका छन् । उनीहरुले जनतालाई खान, लाउन संकट भएको बेलामा पनि सरकार अव्यवहारिक गतिविधिमा लिप्त रहेको आरोप लगाएका छन् ।

सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन बिरोधका कार्यक्रमहरु थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिएका छन् । विद्यार्थीहरुले गठबन्धनको उपहार महंगी र भ्रष्टाचार, अनियमितता र भ्रष्टाचार, देउवा सरकारको उपहार, आयल निगमका भ्रष्ट कर्मचारी मूर्दावाद जस्ता नारा लगाएका थिए । सरकारले गत आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल , डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्यबृद्धि गरेको थियो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २०० रुपैयाँले बढाएर १८ सय रुपैयाँ पुर्याएको छ ।

       

ताजा खबर