ट्रेडोस डब्ल्युएचओको महानिर्देशकमा पुनः निर्वाचित

२०७९ जेठ ११ बुधबार ०९:१३:०० मा प्रकाशित

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा डा. ट्रेडोस अधानोम गेब्रेयसस पुनः निर्वाचित भएका छन् । उनी आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित भएका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनः अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् । स्वास्थ्य प्रवद्र्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनले बताए ।

गेब्रेयससको नयाँ कार्यकाल १६ अगस्टदेखि सुरु हुने छ। दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट आफू आभारी रहेको उनले बताएका छन् ।

ताजा खबर