ललितपुरको मेयरमा चिरीबाबु महर्जन निर्वाचित

२०७९ जेठ १० मंगलबार २२:०८:०० मा प्रकाशित

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गर्दै महर्जन मेयरमा निर्वाचित भएका हुन् । महर्जनले ४२ हजार ७ सय २२ मत ल्याए भने व्यञ्जनकारले २४ हजार ५ सय ६० मत ल्याए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि दुवै जना आमनेसामने भएका थिए । त्यतिबेला महर्जनले ३ सय २६ मात्र मत अन्तरले व्यञ्जनकारलाई हराएका थिए । त्यतिबेला महर्जनले २४ हजार ६ सय ४२ मत प्राप्त गर्दा व्यञ्जनकारले २४ हजार ३ सय १६ मात्र मत प्राप्त गरेका थिए । उपमेयरमा भने एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छन् ।

शाक्यले माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई ६ हजार ३ सय ३२ मत अन्तरले हराइन् । शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् भने बज्रचार्यले १८ हजार ७ सय ५२ मात्र मत प्राप्त गरे ।

ताजा खबर