सार्वजनिक सवारीसाधनको भाडा बृद्धि

२०७९ जेठ १० मंगलबार १८:२६:०० मा प्रकाशित

काठमाडौँ । सरकारले फेरि सार्वजनिक सवारीसाधनको भाडा बृद्धि छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सरकारले अन्तर प्रदेशमा सञ्चालित सार्वजनिक सवारीमा भाडा बृद्धि गरेको हो ।

यातायात व्यवस्था विभागले बुधबारबाट लागू हुनेगरी भाडा वृद्धि गरिएको जनाएको छ । विभागले सूचना जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वचालित प्रणालीअनुसार भाडा वृद्धि भएको जनाएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत भन्दा बढी बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढाइएको विभागले जनाएको छ । यसअघि विभागले जेठ ४ गते भाडा वृद्धि गरेको थियो ।

 

ताजा खबर