सरकारको नीति तथा कार्यक्रम आज

२०७९ जेठ १० मंगलबार ०९:०३:०० मा प्रकाशित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन् ।

नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुने बताइएको छ । सरकारले आज प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।

ताजा खबर