विद्यार्थी संगठनहरुद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्वि फिर्ता गर्न माग गर्दै आन्दोलन घोषणा

२०७९ जेठ ९ सोमबार २२:३१:०० मा प्रकाशित

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका छन् । सोमबार सत्तारुढ र प्रतिपक्षी दलनिकट नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियनसहितका १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।

नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको पेट्रोलियम पदार्थमा राज्यले विभिन्न परियोजना निर्माणका लागि कर थोपरेका कारण वास्तविक मूल्यभन्दा बढी तिर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै जनताले तिरेको करको वास्तविक अर्थमा सही सदुपयोग नभएको पनि विज्ञप्तिमा उल्लेख छ । नेपाल आयल निगमभित्रको चुहावट, भ्रष्टाचार र कमिसन बन्द गर्नुभन्दा पनि पटक–पटक मूल्यवृद्धि गरिनु जनहीतमा नरहेको विद्यार्थी संगठनको भनाइ छ ।

ताजा खबर