जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मदेवार मनोज साह निर्वाचित

२०७९ जेठ ९ सोमबार १९:४२:०० मा प्रकाशित

जनकपुरधाम  । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित भएका छन ।
स्वतन्त्र उम्मेदवार साह १३ हजार ४ सय ६५ मत ल्याउँदै मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतमा प्रतिद्वन्द्वी नेकपा एमालेका शिवशंकर साह हिराले ९ हजार ५ सय ३२ मत ल्याए । मनोज ३ हजार ९ सय ३३ मतान्तरले विजयी भएका हुन् ।

गठबन्धनबाट मेयरमा पदमा उम्मेदवारी दिएका जसपाका लालकिशोर साह चौथो स्थान चित्त बुझाए । उनले ५ हजार १ सय ९४ मत ल्याए । लालकिशोर निवर्तमान मेयरसमेत हुन् । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए ।

त्यस्तै उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका हुन । किशोरी १५ हजार ५ सय २५ मत ल्याउँदै उपमेयर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुणा झा १० हजार ८ सय ८५ मत ल्याइन् । लोसपाका उपमेयरका उम्मेदवार रीताकुमारी मिश्रले ५ हजार ८ सय १७ मत मात्रै ल्याउन सकिन् । मिश्र निवर्तमान उपमेयर हुन् ।

ताजा खबर