मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

२०७९ जेठ ९ सोमबार १६:५२:०० मा प्रकाशित

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार मानव बेचविखन तथा ओसार पसारको कसुरमा पाण्डेमाथि अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अदालतले सोमबार अनुमति दिएको हो ।

आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो ।

ताजा खबर